'के गर्नु माया म' भन्दै कला क्षेत्रमा उद्धव प्रसाद भट्टराईको उदय

  |   प्रकाशित :

काठमाडौं । कला सहित्य समाजका अध्यक्ष एवं नुवाकोट महापन्चकन्या कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रोपाइटर उद्धव प्रसाद भट्टराईको अब नयाँ परिचय थपिएको छ ।

उनले गीत मार्फत् कला क्षेत्रमा पाइला चालेका हुन् । के गर्नु माया म बोलको गीतमार्फत भट्टराई कला क्षेत्रमा प्रवेश गरेका हुन् । उनी यो गीतको प्रोड्यूसर हुन् । गीतको म्युजिक भिडियोको सम्पूर्ण लगानी भट्टराईले गरेका हुन् ।

No description available.

गीतको म्यूजिक भिडियोको छायांकन कार्य सम्पन्न भएको प्रोड्यूसर भट्टराईले जानकारी दिए । उनका अनुसार गीत छिट्टै नै गीत सार्बजनिक गर्ने तयारी छ । कला क्षेत्रमा उनको पहिलो पहिलो प्रस्तुती हो ।

शब्द र संगीत उत्तम लामाको रहेको उक्त गीतमा सुरज श्रेष्ठ र सजिल श्रेष्ठले स्वर दिएका छन् भने नायिका रिया श्रेष्ठ रदिपक लामाको बेजोड अभिनय रहेको छ । गीतको निर्देशन भने कृष्ण परियार ले गरेका हुन् ।

प्रोड्यूसर भट्टराईले यो गीतको रिलिज लगत्तै अर्को गीतको छायांकन पनि सुरु हुने बताए । उनले गीत राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गरे ।

(गीतः के गर्नु माया म, गायकः सुरज श्रेष्ठ, गायिकाः सिजल श्रेष्ठ, शब्द/संगीतः उतम लामा, निर्देशकः कृष्ण परियार, मोडलः नायिका रिया श्रेष्ठ र दिपक लामा)

No description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech