भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४१ लाख नाघ्यो

  |   प्रकाशित :

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या दिन प्रतीदिन बढ्दै गएको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोना भाइरस सङ्क्रमणका कुल ४१ लाख १३ हजारभन्दा धेरै मामिला भेटिएका छन्। तीमध्ये साढे आठ लाख जति सक्रिय सङ्क्रमित छन् भने ३२ लाख मानिस निको भइसकेका छन्। हालसम्म त्यहाँ कोभिड(१९ का कारण ७० मानिसको ज्यान गइसकेको छ। 

शनिवार दिइएको विवरणमा २४ घण्टाको अवधिमा त्यहाँ १०८९ जनाको ज्यान गएको छ। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको विवरण बमोजिम संसारभरि कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ करोड ७० लाख नाघेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech