‘संविधानका रक्षक’ भनिने धर्मगुरु केशवानन्दको निधन, भारतको इतिहासमा दर्ता हुने

  |   प्रकाशित :

काठमाडौं । ऐतिहासिक निर्णयका प्रमुख याचिकाकर्ता केशवानन्द भारतीको निधन भएको छ । 

भारतको संविधानको ‘मूल संरचना सिद्धान्त’ लाई निर्धारित गर्ने ऐतिहासिक निर्णयका प्रमुख याचिकाकर्ता केशवानन्द भारतीको ७९ वर्षको उमेरमा आइतबार बिहान केरलको उत्तरी जिल्ला कासरगोडमा रहेको इडनीरको आफ्नो आश्रममा अन्तिम सास फेरेका हुन् ।

केशवानंद भारतीको नाम भारतको इतिहासमा दर्ता हुनेछ । ४७ वर्ष अघि सर्वोच्च अदालतले केशवानंद भारती भर्सेस स्टेट अफ केरल मामिलामा एक ऐतिहासिक निर्णय सुनाएको थियो जसअनुसार संविधानको प्रस्तावनाको मूल ढाँचालाई परिवर्तन गर्न सकिँदैन ।

यस निर्णयका कारण उनलाई 'संविधानको संरक्षक' पनि भनियो। यद्यपि उनले अदालतमा अनुरोध गरेको बिषय फरक थियो। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech