पाकिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या

  |   प्रकाशित :

इस्लामाबाद । पाकिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ । 

सरकारी टिभी च्यानलमा संवाददाता तथा कार्यक्रम प्रस्तोता रहेकी २७ वर्षीया शाहिना शाहिनको शनिबार हत्या भएको हो । पाकिस्तानी मिडियाका अनुसार उनलाई केही दिनअघि मात्रै बलूचिस्तानको तुरबतमा ट्रान्सफर गरिएको थियो । 

क्‍वेटा विश्वविद्यालयबाट पिएचडी समेत गरिरहेकी पत्रकार शाहिना स्थानीय एक म्यागजिनमा सम्पादक समेत थिइन् । पत्रकार शाहिनाको निवासमै अपरिचित दुई जना व्यक्तिहरु आएर हत्या गरी फरार भएको बताइएको छ । 

हत्यामा संलग्नहरुको खोजी जारी गरिए पनि पत्ता लागेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार शाहिनाले घरको ढोका खोल्नासाथ उनीमाथि लगातार पाँच राउण्ड गोली प्रहार भएको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech