प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता

  |   प्रकाशित :

काठमाडौँ । वाग्मती प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता दिइने भएको छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको वाग्मती प्रदेश कमिटीले आज आयोजना गरेको भर्चुअल कार्यक्रमका सहभागीले संविधानको मौलिक हकमा समावेश शिक्षा अधिकारलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सामुदायिक विद्यालयलाई क्षमता अभिवृद्धिमा जोड दिइएको हो ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका प्रवक्ता दीपेन्द्र सुवेदीले शिक्षामा सबैको पहुँचमा सुनिश्चितता, गुणस्तर अभिवृद्धि र शैक्षिक प्रणालीमा सुढृढीकरण गर्ने ध्येयले ल्याएको नीतिको मस्यौदालार्ई थप छलफल गरी पारित गरिने जनाए । 

सो प्रदेशका प्रदेश शिक्षा निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले प्रदेशमा सबै बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितता, प्राविधिक शिक्षालाई विस्तार र गुणस्तरवृद्धिका लागि प्रदेश सरकारको नेतृत्व सचेत रहेकाले नीतिमा ती विषयहरु उल्लेख गरिएको जनाए।

सामाजिक अध्ययन विषयका लेखक गोविन्द भण्डारीले प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालयलाई प्राथमिकता दिन सकेमा त्यसले दीर्घकालसम्म विश्वविद्यालयको शैक्षिक गुणस्तरमा पनि सकारात्मक प्रभाव पार्ने बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech