यसकारण काश्‍मीरको मित्र होइन पाकिस्तान !

  |   प्रकाशित :

सन् १९४७ देखि काश्‍मीरको विषयमा भारत र पाकिस्तानबीच कयौं पटक युद्ध भएको छ । उक्त युद्धमा हजारौं मानिसहरुले ज्यान घुमाएका छन् भने लाखौं विस्थापित भएका छन् । पाकिस्तान र भारत दुबैले काश्‍मीरलाई आधा-आधा क्षेत्रमा शासन गरिरहेका छन् ।

पछिल्लो समय पाकिस्तानले भारत प्रशासिक काश्‍मीरलाई समेट्दै मुलुकको नयाँ नक्सा जारी गर्‍यो । गत वर्ष गस्तमा भारतले काश्‍मीरलाई दिएको विशेषाधिकारको प्रावधान भएको संविधानको धारा ३७० खारेज गरेपछि त्यसको बदला स्वरुप पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो ।

त्यसयता उक्त उपत्यकामा भारतले शान्ति स्थापनाका लागि अत्यधिक बल प्रयोग गरेको आरोप लगाइएको छ । तर, भारतले विगत सात देशकदेखि उक्त क्षेत्रमा कुनै पनि कसिमको पाकिस्तानी हस्तक्षेप नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिरहेको छ । १९४० को दशकमा पाकिस्तानले काश्मीरको विषयमा विवाद सिर्जना भएपछि भारत-पाकिस्तानबीच विभाजन भएको थियो ।

सन् १९४७ मा पाकिस्तानले आफैंले गरेको सम्झौता उल्लंघन गर्दै पस्तुनहरुलाई उचालेर काश्‍मीरमा हमला गर्‍यो । जसले दुबै मुलुकहरुलाई सात दशकभन्दा बढी समयदेखि द्वन्द्व भइरहेको छ । भारतले काश्‍मीरको रक्षाका लागि सीमा क्षेत्रमा सेना खटाएको छ ।

सन् १९६५ मा काश्‍मीरमाथि हमला गर्न पाकिस्तानी सेना अघि बढे पनि सफल हुन सकेन । उनीहरुले भारतको जवाफी कारबाहीका कारण पाकिस्तानी भूभागको रक्षाका लागि जुट्‍नुपर्ने भयो । सोभियत युनियनविरुद्ध लड्का लागि ८० को दशकमा प्रशिक्षित पाकिस्तानी सेना भारतीय सेनाले नै पराजित गरिदियो ।

त्यसपछि पाकिस्तानी प्रायोजनमा सुरु भएका आतंकवादी समूहरु काश्म‍ीर प्रवेश गरेर पाकिस्तानको समर्थन नगर्ने काश्‍मीरीहरुलाई निशाना बनाइयो । सन् १९९९ मा काश्‍मीर कब्जा गर्न पाकिस्तानले अर्को असफल प्रयास गर्‍यो । पाकिस्तानी सेनालाई उनीहरुभित्रै फुट उत्पन्‍न भएपछि भारतीय सेनाले हराउन धेरै मिहनत गर्नुपरेन ।

त्यसपछि पाकिस्तानले प्रत्यक्ष लडेर नसकिने महसुस गरेपछि आतंकवादी समूहमार्फत काश्‍मीरलाई मात्र नभएर भारतलाई नै त्रसित बनाउने योजना बनायो । उक्त योजना अन्तर्गत सन् २००१ मा भारतको संसदमा आक्रमण भयो भने सन् २००८ मा मुम्बइ हमला भयो । त्यसपछि पछिल्लो समय पुलावामा, पठानकोटमा आक्रमण भयो । त्यससँगै पाकिस्तान समर्थित आतंकवादी समूहले सीमा क्षेत्रमा आतंक सिर्जना गर्न थाले ।

इस्लामावादमा यी आक्रामण रणनीतिहरुलाई भारतले काश्‍मीरको चस्माबाट हेर्दै द्वन्द्व अन्त्य गर्ने उपायबारे सोचेको हो । तर, पाकिस्तानले भने अझै पनि काश्‍मीरमा अस्थिरता निम्त्याउने मौका छोपिरहेको छ । काश्‍मीरीहरु आफैं पनि पाकिस्तानी नियन्त्रणमा बस्‍न चाहँदैनन् । भारले काश्‍मीरलाई केन्द्रको अधिनमा ल्याएसँगै सुरक्षा र शान्ति कायम भएको छ भने विकास गतिविधिहरु अघि बढेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech