भारतद्वारा सीमा पार गतिविधिमा स्वैच्छिक जी-२० सिद्धान्तको प्रस्ताव

  |   प्रकाशित :

नयाँ दिल्ली । भारतले सीमापार गतिविधिको संयोजनका लागि रियाद जी-२० मुलुकहरुको विदेश मन्त्रीहरुको बैठकमा स्वैइच्छिक जी-२० सिद्धान्तको विकास गर्नुपर्ने बताएको छ ।

भारतीय विदेशमन्त्री एयस जयशंकरले उक्त बैठकमा स्तरीय परीक्षण प्रक्रिया, विश्वव्यापी स्वीकर्या परीक्षण नतिजा र स्तरीय ट्रान्जिट प्रोटोकलकोसमेत प्रस्ताव गरेका छन् ।

जयशंकरले भने, "यदि हामीले सीमा पार गतिविधिलाई व्यवस्थित गर्न एक स्तरीय परीक्षण प्रक्रिया र सर्वस्वीकार्य परीक्षण नतिजा, क्‍वारेन्टाइनको व्यवस्था र ट्रान्जिट प्रोटोल बनाउनुपर्छ ।'

जी-२० समूहको भर्चुअल बैठकमा अध्यक्ष राष्ट्र साउदी अरेबियाका विदेश मन्त्रीले संयोजन गरेका थिए । साउनी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान अल-साउदले एक विज्ञप्ति जारी गर्दै विदेशी विद्यार्थीको सुरक्षा र उनीहरुका आवतजावतलाई पनि व्यवस्थित गर्नुपर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

विभिन्‍न राष्ट्रहरुले कोभिड-१९ महामारीविरुद्ध आ-आफ्नो राष्ट्रले गरिरहेको प्रयास र अनुभवको पनि आदानप्रदान गरेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech