अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुचारु

  |   प्रकाशित :

बेलायत। अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना विरुद्धको खोपको परीक्षण पुनः सुचारु हुने भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोपको परीक्षण केही समयको स्थगन पछि पुनः सुचारु हुने भएको हो ।  तेस्रो चरणमा ठूलो संख्यामा गरिएको परीक्षणमा केही व्यक्ति विरामी भए पछि खोपको परीक्षण केही समयका लागि गरिएको थियो । 

धेरै मानिसमा खोपको परीक्षण गर्दा केहीमा रियाक्सन हुनु स्वभाविक र अपेक्षित भएको बीबीसीको समाचारमा जानाइएको छ । सो विश्वविद्यालय र अस्ट्राजेनिकाले विकास गरेको सो खोप एक व्यक्तिमा देखिएको अज्ञात विरामीका कारण केही सयम स्थगन गरिएको र सो कार्य नियमित भएको बीबीसीको समाचारमा उल्लेख गरेको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech