पाकिस्तानसँगको सीमा विवादको कुरा उठाएको एक दिनपछि अफगानी राष्ट्रपतिको हत्या प्रयास

  |   प्रकाशित :

अफगानिस्तानका उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई काबुलमा बुधवार बिहान सडकमा गुडिरहेको समयमा बम आक्रमणको निशाना बनाइयो । अफगानी रिपोर्टका अनुसार अफगानिस्तानका उपराष्ट्रपति अम्रउल्लाह सालेहलाई लक्षित गर्दै बुधबार मध्य काबुलको सडकमा बम विष्फोट भएपछि कम्तिमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

उपराष्ट्रपति सालेह पनि घाइते भएका छन् । "आज, अफगानिस्तानका दुश्मनले फेरि सालेहलाई हानि पुर्‍याउने कोशिस गरे तर उनीहरु आफ्नो खराब लक्ष्यमा पुग्‍न असफल भए, र सालेहको ज्यान जोगियो," सालेहका प्रवक्ता रज्वान मुरादले भने ।

उक्त विस्फोटले सडक आसपासका घरहरुमा समेत क्षति पुर्‍याएको छ । सालेह तालिवानका एक स्पस्ट आलोचक हुन् । गत वर्ष राष्ट्रपति निर्वाचन हुनुअघि पनि उनीमाथि हमला भएको थियो ।

सालेहले पाकिस्तानसँगको सीमा विवाद उठाएको एक दिनपछि आक्रमण भएको छ । उनले हालसालै पाकिस्तानसँग दुरन्द लाइनको मुद्दा उठाएको एक दिनपछि उनीमाथि आक्रमण भएको छ । सालेहले राष्ट्रिय कदका कुनै पनि अफगानिस्तानका राजनीतिज्ञले दुरन्द लाइनको सवाललाई बेवास्ता गर्न नमिल्ने बताएका थिए ।

उनले थपेका थिए, “यो एक मुद्दा हो जसमा छलफल र समाधानको खाँचो छ । हामीलाई यो सित्तैमा उपहार दिन अपेक्षा गर्नु अव्यावहारिक हो । जाडो मौसममा पेशावर अफगानिस्तानको राजधानी हुन्थ्यो ।

सालेहले थप थपे कि पाकिस्तानले खुल्लमखुल्ला भन्दै छ कि उनीहरूले तालिवानलाई शरण दिइरहेका छन् । “तीतो भए पनि यो स्पष्टता एक विकास हो जुन शान्ति प्रक्रियाको फाइदाका लागि उपयोग गर्न सकिन्छ । मैले जनरल बाजवा र आईएसआई निर्देशकसँग अफगानिस्तान भ्रमण गरेको बेलामा उनीहरूसँग खुलस्त कुराकानी गरें । पाकिस्तानलाई शान्तमा राख्नुहोस्,” उनले भने ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech