परराष्ट्रमन्त्री ज्ञवाली नै पाए सरकारको प्रवक्ताको जिम्मेवारी 

  |   प्रकाशित :

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्रीले सञ्चारमन्त्री नियुक्त नहुँदासम्म प्रवक्ताको जिम्मेवारी दिएको ज्ञवालीले जानकारी दिए ।

उनले भने ‘यो अस्थायी प्रबन्ध हो । सञ्चारमन्त्री नियुक्त नहुँदासम्मका लागि प्रधानमन्त्रीले त्यसअनुसार प्रबन्ध गर्नुभएको हो।’ “मन्त्रिपरिषद् बैठकले निर्णय गरेर होइन, प्रधानमन्त्रीले तोक्नुभएको हो । यो सञ्चार तथा सूचना प्रविधिमन्त्री नियुक्त नगर्दासम्मका लागि हो,” प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

मन्त्रिपरिषद्‍ले यस सम्बन्धमा कुनै निर्णय नभएको एक मन्त्रीले जानकारी दिएका थिए । गत फागुन २० गते युवराज खतिवडाले संवैधानिक प्रावधानअन्तर्गत राजीनामा दिएपछि प्रवक्ता तोकिएको थिएन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech