अमेरिकामा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिँदै

  |   प्रकाशित :

काठमाडौं । अमेरिकामा तीन वटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ ।

अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ, सयौं भौतिक संरचना जलेर खरानी भएका छन् भने लाखौं जीवजन्तु मरेका छन् ।

अझै पनि डढेलो नियन्त्रणमा आएको छैन, तीन राज्यमा ३० वटा ठूला डढेलो सक्रिय रहेकाले लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले उर्दी जारी गरेको छ । डढेलोका कारण अमेरिकाको जलवायुमै परिवर्तन आउन सक्ने वातावरणविद्ले चेतावनी दिएका छन्, डढेलोकै कारण केही ठाउँको तापक्रम ४८ डिग्रीभन्दा माथि पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech