विदेशमा अलपत्र परेका नेपालीलाई दशैं अगाडि निःशुल्क उद्धार गराैंः संग्रौला

  |   प्रकाशित :

काठमाडौं । नेपाली कांग्रेसकी छाया श्रममन्त्री डा. डिला संग्रौलाले विदेशमा अलपत्र परेका नेपालीहरुलाई दशैं अगाडि नै फर्काउन माग गरेकी छन् । 

संग्रौलाले एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई दशैं अगाडि नै फर्काउन सरकारसँग माग गरेकी हुन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा। संग्रौलाले अलपत्र परेकाहरुलाई निःशुल्क स्वदेश फर्काउन भनेकी छन् । उनले सर्वोच्चको आदेशपछि पनि सरकारले निःशुल्क उद्धार उडान सुरु नगरेको खेद व्यक्त गरेकी छन् ।

खाडी मुलुकहरुमा झन्डै तीन लाख नेपालीहरु स्वदेश फर्कन इच्छुक रहेको उल्लेख गर्दै उनले ‘तीमध्ये कतिपय महिला, बेरोजगार तथा अशक्त नेपालीहरु विमानको टिकट किन्न सक्ने स्थितिमा पनि छैनन् । सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निःशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ ।’ भनेकी छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech