जापानको प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित

  |   प्रकाशित :

काठमाडौं । जापानको प्रधानमन्त्रीमा योसिहिडे सुगा निर्वाचित भएका छन् । 

जापानको संसद्ले योसिहिडे सुगालाई प्रधानमन्त्रीकोरुपमा चयन गरेका हुन् । बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पद सुरक्षित गरेका हुन् ।

सिन्जो आबेले आफ्नो कार्यकाल सकिनुभन्दा अघि नै स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि उनको बाँकी कार्यकालका लागि नयाँ प्रधानमन्त्रीको चयन गरिएको हो । यसअघि गत सोमबार सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिक पार्टीले उनलाई आफ्नो नेता चयन गरेको थियो । यससँगै सुगा जापानको नयाँ प्रधानमन्त्री बन्न निश्चितजस्तै भएको थियो ।

जापानको संसद्मा एलडीपीको बहुमत छ । जसको कारण उनले बुधबार जापानको तल्लो सदनमा भएको मतदानमा सहज जित हात पारेका हुन् । बुधबार नै सिन्जो आबेले अन्तिम मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech