'दलित मुक्ती आन्दोलनलाई सफल बनाउन आर्थिक सशक्तिकरण आवश्यक'

  |   प्रकाशित :

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दलित उत्थानका निम्ति आर्थिक सशक्तिकरण आवश्यक रहेको औल्याएका छन् । 

दलित सेवा संघको २६ औं स्थापना दिवसको अवसर पारेर आयोजित ‘भर्चुअल’ बैठकमा मन्त्री गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन उनीहरुको आर्थिक सशक्तिकरण आवश्यक रहेको बताएका हुन् । 

उनले दलितहरुलाई कमजोर देखाएर राजनीति गर्न नहुने पनि सबैलाई सचेत गराएका छन् । दूर्गम क्षेत्रका अशिक्षित, गरिव दलितहरुलाई आर्थिक रुपले सशक्त नबनाई उनीहरुको मुक्ति सम्भव नहुने उनले स्पष्ट परेका छन् । 

उनले भने “आज दलितहरु, जनजातिहरु, महिलाहरु समाजमा जसरी पिल्सिएर बसेका छन, उनीहरुको मुक्तिका लागि आर्थिक सशक्तिकरणमा जोड दिनुको विकल्प छैन ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech