गणेशमान सिंहको २३ औँ स्मृति दिवस सप्ताहव्यापी रुपमा मनाइँदै तरुण दल

  |   प्रकाशित :

काठमाडौं । नेपाल तरुण दल केन्द्रिय समितिले लौह पुरुष वीर गणेशमान सिंहको २३ औँ स्मृति दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको छ । 

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार एक परिपत्र वारी गर्दै लौह पुरुष वीर गणेशमान सिंहको २३ औँ स्मृति दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय गरेको जनाएका हुन् । 

सिंहको त्याग एवं योगदान र बहुआयामिक व्यक्तित्वका बारेमा विभिन्न प्रविधि तथा सामाजिक सञ्जालका माध्यमबाट छलफल, विचार गोष्ठी, प्रवचन, सेमिनार एवं आदि कार्यक्रमहरु गर्नुका साथै विभिन्न रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरु (फलफुल वितरण, सरसफाई, रक्तदान, वृक्षारोपण) गर्ने जनाएको छ । 

No photo description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech