‘चिमरैतनी चिमरैतानी’ भन्दै गायक राजकुमारले फकाउँदै अर्कै गाउँको केटीलाई ! (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौं । चर्चित गायिका अनुमा चौधरी र गायक राजकुमार चौधरीको स्वरमा रहेको ‘चिमरैतनी चिमरैतानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

गहकिलो तथा निकै सुरीलो आवाजमा रहेको यस म्युजिक भिडियोमा एक गाउँको केटाले अर्को गाउँको केटीलाई मन पराएर चिमरैतनी चिमरैतनी भनेर जिस्काएको र केटीले भाउ खोज्दै बेल्हैता बेल्हैता भनी कुरा काटेको जस्ता कथा बस्तु समेटिएको छ ।

एक गाउँको केटा र अर्को गाउँको केटी पहिलो पटक भेटेदेखि एक अर्कालाई मन पराएको समेत यसमा देखाउन खोजीएको छ । चर्चित गायिका अनुमा चौधरी र गायक राजकुमार चौधरीको स्वरमाआवाज रहेको यस म्युजिक भिडियोमा अजयदीप चौधरीको शब्द रहेको छ । 

गीतको भिडियोमा गायक चौधरी र यशोधा भगतको अभिनय देख्न सकिन्छ । बर्जु मिडियाको प्रस्तुतिमा रहेको ‘चिमरैतनी चिम रैतानी’को छायांकन भने धिरेन शाह र अजित दासले गरेका छन्, भने निर्देशन कार्तिक राजबंशिले गरेका छन् । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech