उइगरका पीडित परिवारले चिनियाँ अत्याचारबारे भयानक पीडाहरु सुनाए

  |   प्रकाशित :

चीनले झिनजियांग स्वायत्त क्षेत्रका उइगुर मुसलमानहरूले भोगेका अत्याचारको बारेमा विश्वव्यापी रूपमा निन्दाको सामना गरिरहेको छ ।

मानव अधिकार र प्रजातान्त्रिक स्वतन्त्रताका लागि काम गरिरहेको संस्था 'अभियान फर उइगर्स'ले आयोजना गरेको वेबिनारमा सिन्जियाङका उइगर समुदायका र अन्य तुर्की भयानक पीडा र गुनासाहरु सुनाएका छन् ।

प्राज्ञ एडियन जेन्ज र आईपीएसीले तयार गरेको प्रतिवेदन अनुसार उइगुर महिलाहरू गर्भपतन गराउन बाध्य पार्ने, चिनियाँ कम्युनिस्ट पार्टीको निर्देशन अनुसार बच्‍चा जन्माउनुपर्ने जस्ता जबरजस्ती यातना दिने काम भइरहेको छ ।

एक पूर्व कैदी जुमरेत दाउतले भनिन्, "हामीलाई थाहा नभएको एउटा औषधी दिइयो । औषधीले हामीलाई अत्यन्तै सुस्त बनायो । हाम्रो मासिक रक्तश्राव बन्द भएको छ र त्यो दिनदेखि मेरो मासिक रक्तश्राव भएको छैन । हामीलाई हप्तामा एक पटक अज्ञात पदार्थको इन्जेक्सन लगाइन्छ । "

वर्जीनियामा बसोबास गर्ने उइगर अमेरिकी तथा चिनियाँ सरकारको नजरबन्दमा रहेको डा गुलशन अब्बासकी छोरी जीबा मुरातले भनिन्, "मेरी आमा हराउनुभएको छ र उहाँलाई २०१८, सेप्टेम्बर ११ मा घरबाट नियन्त्रणमा लिएर यातना शिविरमा लगिएको थियो । त्यसयता आमाको अवस्थाबारेमा मलाई केही थाहा छैन । मेरी आमालाई नियन्त्रणमा लिएको एक उदाहरणमा मात्र हो, यहाँ लाखौं परिवारले यस्तै प्रकारका पीडा भोगिरहेका छन् ।"

चीनको कम्युनिष्ट पार्टीले कम्तिमा ८ मिलियन उइगर र अन्य अल्पसंख्यकहरुलाई यातना शिविरको हिरासतमा राखेको छ । रिपोर्टका अनुसार ८० हजार उइगरहरुलाई विभिन्‍न कारखानामा श्रम शोषणका लागि पठाइएको छ ।

विश्वव्यापी महिला मुद्दाहरूको लागि काम गरिरहेकी राजदूत केली करी भन्छिन्, "सीसीपीले मानव जीवनको आधारभूत मानवीय सम्मान र आधारभूत मानवीय मर्यादालाई सधैं बेवास्ता गरेको छ र सिन्जियाङमा पनि यही भइरहेको छ । उनीहरूको प्रयास पारिवारिकस्तरमा उइगुर पहिचानको केन्द्रलाई आक्रमण गरिरहेको छ । जुन निकै हानिकारक छ । हामीसँग यो कत्तिको भयानक छ भनेर वर्णन गर्न शब्दावलीको अभाव हुन्छ ।"

यसैबीच, अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धी संयुक्त राष्ट्र संघका कम्युरी न्युर ए टर्केलले भने, "जबरजस्ती मजदुर प्रयोग गरेको आरोपमा चिनियाँ कम्पनीको आयातमा प्रतिबन्ध लगाएर यी मुद्दाहरूको विरूद्ध कारबाही गरेकोमा युसीआईआरएफले अमेरिकी सरकारको प्रशंसा गरेको छ ।"

रिपोर्टका अनुसार चार उइगुर जनसंख्या भएको जिल्लाहरूमा बच्चा जन्माउने उमेरका करीव ८० प्रतिशत महिलाहरुलाई जबरजस्ती बाँझोपनको औषधि दिइन्छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech