चितवन मेडिकल कलेजमा पूर्वी नवलपरासीका एक संक्रमितको मृत्यु

  |   प्रकाशित :

पूर्वी नवलपरासी । पूर्वी नवलपरासी देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालकाअनुसार कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । ती पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भइ अस्पताल भर्ना भएका उनको भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, स्वास्थ्य निर्देशनालय पोखराको रिपोर्टअनुसार शुक्रबार बिहान पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका मात्रै १५ जना नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईँले जानकारी दिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech