५ करोड लागतमा निर्माण भएको १२ वटा योजनाको समुदघाटन गरे मन्त्री साह

  |   प्रकाशित :

जनकपुरधाम । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरीमा एकैदिन १२ वटा योजनाको समुदघाटन गरेका छन् । 

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका क्षेत्रमै विहिबार आयोजित छुट्टा–छुट्टै समारोहमा मन्त्री साहले ती सबै आयोजनाको समुदघाटन गरेका हुन् । 

तराई मधेश समृद्वि कार्यक्रम अन्र्तगत प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालाय तथा मन्त्री साहको संसदीय विकास कोषको गरी झण्डै ५ करोड रकमको लागतमा योजनाहरुको निर्माण कार्य सम्पन्न भएको मन्त्री साहका स्वकीय सचिव राजकुमार साहले जानकारी दिए । 

विहिबार उदघाटन गरिएको योजनाहरुमा तीन वटा आधारभुत स्वास्थ्य केन्द्र भवन र एक–एक सामुदायिक भवन, अतिथी घर, आर्युवेद औषधालय भवन, बोटनी गार्डेन र धर्मशाला सहितका छन् । 

यस्तै भारतीय सिमासँंग जोडिएको रामपुरा मल्हिनयामा नेपाल–भारत मैत्रीद्वार तथा नगरको विभिन्न तीन स्थानमा स्व। गजेन्द्रनरायण सिंहको स्मारक स्थलको पनि समुदघाटन गरिएको छ । 

विकासको प्रचुर सम्भावना रहेर पनि प्रदेश २ निकै पछि परेको बास्तविकतालाई दृष्टीगत गरी प्रदेश २ सरकार विकासमा जोड दिदै आएको मन्त्री साहले बताए । उनले जनताको आवश्यकतालाई हेरेर श्रोत साधनले भ्याएसम्म अगामी दिनमा थप योजनाहरुलाई निरन्तरता दिने प्रतिद्धता व्यक्त गरे ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech