काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

  |   प्रकाशित :

काठमाडौं। काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । 

पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा ८५९ जनामा सङ्क्रमणको पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमित उपत्यकाको तीनै जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा बढी ६९८ जना सङ्क्रमितको पहिचान गरिएको छ । ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, ललितपुरमा ३२ महिला र ४७ पुरुष तथा भक्तपुरमा ४८ महिला र ३४ पुरुष गरी कुल ८५९ जनामा सङ्क्रमित फेला परेका हुन् ।

त्यस्तै देशमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१  हजार ५९३ पुगेको  मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता गौतमका अनुसार १७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ८ हजार ८८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन्। 

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।  बिहीबार उपत्यकामा ६१८ सहित १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो । 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech