प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको छ, वार्ता पनि छिट्टै हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

  |   प्रकाशित :

बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्रिस्तरमा भारतसँग चारपटक फोन संवाद भएको बताएका छन् । 

प्रेस सङगठन नेपाल, रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भारतसंँगको कूटनीतिक संवाद र छलफलबाटै सीमा समस्याको समाधान गरिने बताएका छन् ।

सरकारका प्रवक्ता ज्ञवालीले विकासका विषयमा भारसँग सम्बन्ध सुदृढ बन्दै गएको बताउँदै कालापानी, लिम्पियाधुरालगायत क्षेत्रबारे भारतसँग छिट्टै वार्ता हुनेसमेत विश्वास व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौताका केही विषयमा अमेरिकी सरकार स्पष्ट भएर अनुमोदन हुने बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech