नयाँ बानेश्वरमा देखियो निरंकुशतन्त्रको झल्को, पत्रकारसँग पनि तर्सिन थाल्यो ओली सरकार, अन्तर्वार्तामा लिँदा पनि दुर्व्यवहार

  |   प्रकाशित :

काठमाडौं । राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन तथा निरंकुश पञ्चायती व्यवस्थामा स्वतन्त्रता नहुँदा लडेका थिए केपी ओली। त्यतिबेला जनताको आवाज निमोठिएकाले राजतन्त्रविरुद्ध ओली सहितका नेताहरु विद्रोहमा थिए जेल पनि परे। आज उनीहरु सत्तामा छन्।

स्वतन्त्रताका लागि लडे पनि सत्तामा पुगेपछि ओलीको व्यवहार भने निरंकुशतातर्फ अग्रसर छ। जुन विभिन्न घटनाले उजागर गरिसकेको छ। यसैबीच शुक्रवार ओली निरंकुशतन्त्र नांगो नाँच नयाँ बानेश्वरमा देखियो। संविधान दिवसको पूर्वसन्ध्यामा शुक्रवार दिउँसो एक अधिवक्तासँग नयाँ बानेश्वरमा रिपोर्टिङ गर्ने क्रममा प्रहरी निरीक्षको नेतृत्वमा रहेको टोलीले सञ्चाकर्मीमाथि दुर्व्यवहार गरेको छ।

ओली तन्त्रमा परिचालित प्रहरीले नेपाल फोटो पत्रकार क्लबका सदस्य चन्द्रबहादुर आले र अनलाइन खबर डटकमका पत्रकार रोयल आचार्यलाई दुर्व्यवहार गरेर पक्राउको प्रयास गरेको थियो। स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरुमाथि गरिएको यो हर्कत प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो। संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ। तर अधिनायकवादतर्फ उन्मुख सरकारले समेत संविधानलाई समेत कुल्चिँदै अघि बढिरहेको छ।

गत चुनावमा नेपाली कांग्रेसका सभापतिले भनेका थिए, 'कम्युनिस्ट शासन आयो भने रुन पनि पाइन्न। ओलीले अधिनायकवाद ल्याउँछ।' जुन चरितार्थ हुँदै गएको छ। पत्रकारहरुमिथ भएको दुर्व्यवहारको पत्रकार महासंघदेखि विभिन्न पेशागत संगठनले विरोध जनाएका छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech