नेपालले किनेको होइन, भारतले दिएको हो रेल सेट, भारतीय मन्त्रीको खुलासाले खुल्यो रहस्य !

  |   प्रकाशित :

काठमाडौं । आज जनकपुर आइपुगेको नेपाली झण्डा अंकित रेल सेट सरकारले किनेको भनेर चर्चा भइरहेको छ।

त्यतिमात्रै होइन नेपालमा पहिलोपटक केपी शर्मा ओलीले रेल चलाए भनेर पनि प्रचार भइरहेको छ। तर वास्तविकता भने अर्कै छ। न त ओलीले पहिलोपटक रेल चलाएका हुन, न त भारतबाट किनेर नै रेल ल्याइएको छ।

भारतको विरोध गरेर राष्ट्रवादी कहलिएका ओलीले भारतसँगै गुहार मागेर रेल आएको खुलेको छ। जनकपुर जयनगर रेल भने राणाकालमै ब्रिटिस इण्डियाले बनाइदिएको हो। आज जनकपुरमा रेल सेट आइपुगेपछि भारतका रेलमन्त्री पियुश गोयलले शुक्रवार अपराह्न ट्वीट गरे।

उनले नेपालसँगको भारतको प्राचिन सांस्कृतिक र सौहार्द्रपूर्ण सम्बन्ध रहेको र यसै सम्बन्धलाई नयाँ आयाम दिँदै रेल्वेद्वारा नेपाललाई दुई वटा डीईएमयू ट्रेन सेट दिएको कुरा ट्वीटमार्फत खुलासा गरे। अगाडि भनेका छन्, यसको उपयोग जयनगर, बिहारदेखि कुर्था, नेपालसम्म रेलयात्राका लागि गरिनेछ।

जसबाट दुबै देशका नागरिकलाई लाभ हुनेछ। यहाँ रेल पनि भारतले दिएको, ट्रयाक पनि भारतले बनाइदिएको तर जयजयकार भने ओलीको भइरहेको छ। त्यसैले त नेपाललाई हल्लै हल्लाको देश भनिएको थियो उतिबेला नै। भारतका रेलमन्त्रीले सच्चाई बाहिर ल्याएसँगै ओली सरकारको झुठको पर्दाफास भएको छNo description available.

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech