संविधान विभेदकारी, अपुरो र त्रुटिपूर्ण, हामी भाग लिदैनौँः उपेन्द्र यादव

  |   प्रकाशित :

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसमा भाग नलिने स्पष्ट पारेका छन् ।

संविधान दिवसको पूर्वसन्ध्यामा हिजो सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता यादवले सरकारले घोषणा गरेको संविधान दिवसमा आफूहरुले भाग नलिने स्पष्ट पारेका हुन् ।

उनले संविधानलाई विभेदकारी, अपुरो र त्रुटिपूर्णको संज्ञा दिएका छन् । र, संविधानले मधेशी, आदिवासी जनजाति, दलित शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समूदायहरुका साथै उत्पीडित जातजाति एवम् समूदायहरुले उठाउँदै आएका मुद्दाहरुलाई पनि सम्बोधन गर्न नसकेको यादवको टिप्पणी छ ।

 

https://www.facebook.com/permalink.php?story_fbid=1203769910009785&id=100011303623303

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech