निषेधाज्ञामा खानाबाट बञ्चित भएका बेवारिसेलाई खाना खुवाउदै कांग्रेस नेत्री पवित्रा लामा

  |   प्रकाशित :

काठमाडौँ । नेपाली कांग्रेसकी युवा नेत्री तथा सामाजिक अभियन्ता पवित्रा लामा दैनिक सैयौँको संख्यामा बेवारिसेलाई खाना खुवाउदै आएकी छन् । 

निरन्तर २८ दिनदेखि सडकमा रहेका बेवारिसे मानिस र मुलुक ठप्प रहेको अवस्थामा रोजगारी गुमाएर खाना नपाएका व्यक्तिहरुलाई खाना खुवाउदै आएकी हुन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा खानाबाट बञ्चित भएका बेवारिसे मानिसहरुलाई उनले निरन्तर २८ दिनदेखि खाना खुवाउदै आएकी हुन् ।

उनले लगातार पशुपति क्षेत्रका वरिपरि रहेका करिब चार सय भन्दा बढी मानिसहरुलाई खाना खुवाउदै प्रत्येक व्यक्तिको मन जितेकी छिन् । उनको कार्यलाई नेपाली कांग्रेसका शीर्ष नेता, सांसदहरु समेतले प्रात्साशन गर्दै उनलाई आर्थिक र निजी रुपमा सहयोग पुर्याइरहेका छन् ।

स्वदेश र विदेशमा रहेका नेपालीहरुले उनको काम र सहयोगी मनलाई समर्थन गर्दै सहयोग गरिरहेका छन् । पवित्रा लामाले यसै सन्दर्भमा भनिन्, ‘बाटोमा कोही भोका नरहोस्, बाटोमा एक जना भोका रहेसम्म हामी आफ्नो कार्य जारी राख्ने छौँ ।’

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech