Logo

शनिवार, मंसिर १३ गते २०७७

कोरोना संक्रमणबाट एक महिलाको चितवन मेडिकल कलेजमा मृत्यु

नेपालपाना आश्विन ३ २०७७
  • 3
    SHARES
  • कोरोना संक्रमणबाट एक महिलाको चितवन मेडिकल कलेजमा मृत्यु

    चितवन। कोरोना भाइरस संक्रमणका कारण चितवन मेडिकल कलेजमा शनिबार विहान एक महिलाको मृत्यु भएको छ ।

    कोभिड–१९ कोरोना संक्रमणको कारण रौतहट चन्द्रपुर नगरपालिका घर भएकी ५१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए। 

    कोरोना पोजेटिभ महिला बिरामी भएपछि केही दिनदेखि अस्पतालमा उपचार गरिदै आएको थियो । विरामीलाई निमोनियालगायतको समस्या भएको अस्पतालका निर्देशक डाक्टर लम्सालले जानकारी दिए ।

    जटिल अवस्था भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराउँदै आएको थियो । श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ । उनको विहान ५ बजे मृत्यु भएको थियो । मृतक महिलाको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।


    आश्विन ३, २०७७ शनिवार ११:३०:३९ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana