गायक मनोज यादवको स्वरमा रहेको ‘लभ मैरिज़ करब’ बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

  |   प्रकाशित :

काठमाडौँ । गायक मनोज भोले यादव र गायिका माला राजवंशीको स्वरमा रहेको ‘लभ मैरिज़ करब’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । 

गहकिलो तथा निकै सुरीलो आवाजमा रहेको यस म्युजिक भिडियोमा केटाले केटिलाई पौराणिक बिधिबाट बिहे नगरि ‘लभ मैरिज़’गर्ने भनि फकाको, र केटिले पनि बिस्तारै बिस्तारै केटाको कुराम आएकी जस्ता कथा बस्तु समेटिएको छ ।

आजकलको समयमा बहुचर्चित बनेको लभ कसरी गरिन्छ, तथा केटा केटीले एक अर्कालाई कसरी फकाइन्छ भन्ने समेत यसमा देखाउन खोजीएको छ । गायक मनोज यादव र गायिका मालाको स्वरमा रहेको यस म्युजिक भिडियोमा युबराज आरभ यादब र अनुशाको अभिनय देख्न सकिन्छ ।

गीतको भिडियोमा शब्द समिर खानको रहेको छ, भने संगीत रोहित भाष्कर र प्रमोदले दिएका छन् । रोहित भिडियो फिल्मस्को प्रस्तुतिमा रहेको ‘लभ मैरिज़ करब’को छायांकन भने अजित दास र धिरेन साहले गरेका छन् । त्यस्तै यस गीतको निर्देशन कार्तिक राजवंशीले गरेका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech