वीरगंज कारागारका १५ जना कैदीको कैद मिनाहा 

  |   प्रकाशित :

वीरगं । वीरगंज कारागारका १५ जना कैदीको कैद मिनाहा भएको छ । 

संविधान दिवसको अवसरमा बन्दी सुधार गृह वीरगंज कारागारका १५ जना कैदीको कैद मिनाहा भएको हो । आज रिहा भएका १५ जना कैदीहरुलाई बधाई दिंदै जेलर श्रवण पोखरेलले सामाजिकीकरण प्रक्रियामा सफलता मिलोस भन्दै शुभकामना दिएका थिए ।

कर्तव्य ज्यान, सवारी ज्यान, किर्ते, वन पैदावार, चोरी, अंगभंग, डाँका र कीर्ते मुद्दामा १५ जनाको सजाय माफ भई कैदमुक्त भएको जेलर पोखरेलले बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech