सङ्क्रमणको दर घट्दै, अस्पतालको जनरल सेवा सुचारु

  |   प्रकाशित :

पर्सा । जिल्लामा सङ्क्रमणको दर निरन्तर घट्दै गएको छ । 

कोरोनाको उच्च जोखिममा रहेको पर्सा जिल्लामा सङ्क्रमणको दर निरन्तर घट्दै गएको हो । जिल्लामा सङ्क्रमणको दर निरन्तर घट्दै गएपछि नारायणी अस्पतालले जनरल सेवा शुरु गरेको छ ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले पर्सा जिल्लामा कोरोनाको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लकडाउन शुरु भएको एक महिनापछि नारायणी अस्पताललाई अस्थायी कोभिड अस्पतालमा परिणत गरि जनरल सबै सेवाहरु बन्द गरिएको थियो ।

जनरल सेवाहरु बन्द भएपछि जनस्तरबाट विभिन्न राजनीतिक दल सामाजिक सङ्घ संस्थाबाट सोको विरोध भएपछि मन्त्रालयले सो आदेश एक महिनापछि फिर्ता लिएको भए पनि ठुलो सङ्ख्यामा उपचारमा सलग्न रहेका स्वास्थ्यकर्मीहरु बढी सङ्क्रमित भएपछि ओपिडिलगायतका जनरल सेवा ठप्प गरी आकस्मिक सेवा मात्र सञ्चालनमा रहेकोले अवस्था समान्य हुदैं गएपछि शुक्रबारदेखि ओपिडिलगायतका सबै सेवाहरु सुचारु भएको बताए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech