Logo

बुधवार, आषाढ २ गते २०७८

चिनियाँ एप्लिकेशन टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लगायाे अमेरिका

चिनियाँ एप्लिकेशन टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लगायाे अमेरिका

नेपालपाना आश्विन ३ २०७७
  • 4.2K
    SHARES
  • चिनियाँ एप्लिकेशन टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लगायाे अमेरिका

    अमेरिका । चिनियाँ एप्लिकेशन टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ ।

    आइतबारदेखि टिकटक र विच्याटको डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको हो । त्यहाँको वाणिज्य मन्त्रालयले आउँदो २४ घण्टामा यी दुवै एप यूएस एप स्टोरबाट हटाउने र त्यसपछि यसलाई डाउनलोड गर्न नपाउने उल्लेख गरेको छ । 

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा कुनै सम्झौता नगरेमा अमेरिकी एप स्टोरमा टिकटक र विच्याट प्रतिबन्धित हुने बताएको बीबीसीले जनाएको छ । ट्रम्प प्रशासनले टिकटक तथा विच्याटसहितका चिनियाँ एप्लिकेशनले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको बताउँदै आएको छ ।

    आश्विन ३, २०७७ शनिवार १६:१३:१९ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana