Logo

शनिवार, मंसिर १३ गते २०७७

देशमा थप १,२०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६३ हजार नजिक

नेपालपाना आश्विन ३ २०७७
  • 4
    SHARES
  • देशमा थप १,२०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६३ हजार नजिक

    काठमाडौं । देशमा थप १२ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    पछिल्लो २४ घण्टामा नेपालमा १२ सय ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो।

    प्रवक्ता गौतमका अनुसार १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ९४८ रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन्। 


    आश्विन ३, २०७७ शनिवार १६:३८:१५ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana