हुम्लामा चीनद्वारा नेपाली भुमी अतिक्रमण गरी ९ वटा भवन निर्माण: नेपालीलाई निषेध, चिनियाँहरुको ओहोरदोहोर बढ्यो !

  |   प्रकाशित :

काठमाडौं । चीनले नेपाली भूभागमा भवन निर्माण गरेको पाइएको छ। हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको पाइएको हो । 

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ। नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको उनले जानकारी दिए। 

‘चिनियाँ पक्षको जिम्मेवार अधिकारीसँग आफूले बुझ्न खोजेपनि त्यो प्रयास सफल सकेन।’ उनले भनेका छन् । हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन। 

यसअघि २०६६ सालमा लिमी लाप्चाको सडक निर्माण गर्ने क्रममा सोही स्थानमा तीन वटा भवन मात्र निर्माण भएको भएपनि चिनियाँ पक्षले उक्त निर्माण कार्य रोकिएको बताउँदै हाल थप नयाँ भवन निर्माण गरेर भित्रको फिनिसिङको कार्य गरिरहेको अध्यक्ष लामाले बताए। सो क्षेत्र नेपाली भूभाग भएपनि चिनियाँ सुरक्षाकर्मीले नेपालीलाई प्रवेश गर्न समेत नदिएकाे उनले बताए । तर चिनियाँ सुरक्षाकर्मीहरु गाडीमा नेपाली भूभागमा भने ओहोरदोहोर गरिरहन्छन्।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech