नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, यस्ताे छ आजको एजेण्डा 

  |   प्रकाशित :

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ। 

मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल गर्न केही समयअघि पेरिसडाँडामा नेकपाको सचिवालय बैठक अहिले बसिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी छन् ।

पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक बसेको हो । आइतबार बसेका बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक राजनीतिक नियुक्तिका सम्बन्धमा सुझाव र सांगठनिक एकीकरणको बाँकी काम छलफलका एजेण्डा छन् ।

बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय भएको हो। तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेकपा बनेपछि पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बैठक बस्ने निर्णय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech