चिनियाँ सरकारद्धारा एकातर्फी रुपमा नाका बन्द, बासिन्दाहरुको जनजीवन कष्टकर बन्दै

  |   प्रकाशित :

गोरखा । चुमनुब्री गाउँपालिकाका चारवटा वडाका बासिन्दाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । 

कोरोनाका कारण देखाएर चिनियाँ सरकारले एकातर्फी बन्द गरेको नाका नखोल्दा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेकाले जनजीवन कष्टकर हुदै गएको स्थानिय बासिन्दाहरु बताउँछन्।

चिनियाँ सरकारले नाका नखोल्दा सीमा क्षेत्रका बासिन्दा खाद्यान्न संकट हुन सक्ने त्रासमा रहेका हुन् । ‘गाउँको उत्पादनले दुईतीन महिनाभन्दा धेरै समयलाई खान पुग्दैन’, सामागाउँका स्थानीय दावा नोर्बु  लामा भन्छन्, ‘बाँकी नौ महिनालाई पुग्ने सामान चीनको कोङदाङबाट ल्याउनु पर्छ। तर एकवर्षदेखि नाका खुलेको छैन। अब के खाने भन्ने समस्या भइसक्यो।’ 

करु, चामल, नून, तेल, घ्यू, चियापत्ती, चिनी लगायतका दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको उनले बताए। चिनियाँ सरकारले सामागाउँको रुइला नाका वर्षमा एकफेर खुलाउने गर्थ्यो भने छेकम्पारको मुलाढाज्यान नाका बाह्रै महिना खुलाउने गर्थ्यो। तर कोरोनाका कारण देखाएर एकातर्फी रुपमा नाका बन्द गरेको उनले बताए। 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech