ओली र प्रचण्ड कम्युनिष्ट होइनन्, कमाउनिष्ट हुन्ः अध्यक्ष केसी

  |   प्रकाशित :

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि गम्भिर आरोप लगाएका छन् । 

एक कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष चित्रबहादुर केसीले ओली र प्रचण्ड कम्युनिष्ट नै नभएको गम्भिर आरोप लगाएका हुन् । उनले ‘ओली र प्रचण्ड कम्युनिष्ट होइनन्, कमाउनिष्ट हुन् ।’ भनेका छन् । 

उनले व्यवहारिक रुपमा सबैले संविधान मानेपनि धेरैको असन्तुष्टि रहेको टिप्पणी गरेका छन् । संघीयता यो मुलुकको लागि उपयुक्त छैन भनेर आफ्नो पार्टीले पटक पटक भनेको भएपनि अहिले यो पाँच वर्षको अवधिमा जनताले राम्रोसँग भोगेको उनको भनाई छ । 

केसीले क्षेत्रिय र जातीय संघीयताको पछाडि बेग्लाबेग्लै उद्देश्य रहेको पनि टिप्पणी गरेका छन् । साथै पूर्व उपप्रधानमन्त्री केसीले आफुहरुले एकात्मक प्रदेश हुनुपर्नेमा जोड दिएको सुनाए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech