पेरिसडाँडामा बसेको नेकपा सचिवालयमा मन्‍त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल, सोमबार फेरि बैठक बस्ने

  |   प्रकाशित :

काठमाडौं । आइतबार पेरिसडाँडामा बसेको नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेको छ। 

आइतबार पार्टी एकीकरणपछि पहिलो पटक पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकले यस विषयमा नीतिगत छलफल गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनुसार मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको छ। नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको प्रवक्ता श्रेष्ठले बताए।

नेकपाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी आजका लागि स्थगित भएको जनाएको छ । पार्टी एकताको २८ महिनापछि तत्कालीन माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा पहिलोपटक नेकपाको सचिवालय बैठक आज बसेको हो ।

बुधबार प्रधानमन्त्रीको केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलले पहिलो पटक पेरिसडाँडामा सचिवालय बैठक तय भएको थियो। यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो। 

 

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech