कोरोना अपडेटः थप १,३२५ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६४ हजार कट्यो 

  |   प्रकाशित :

काठमाडौं । देशमा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ। 

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो। पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।  

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech