काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा देखियाे कोरोना संक्रमण

  |   प्रकाशित :

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए। त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech