पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६ जनाको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट काठमाडौं उपत्यकामा थप छ जनाको मृत्यु भएको छ । 

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

गौतमका अनुसार काठमाडौंमा ४०,६०,६३ वर्षीया महिला र ८२ वर्षीय पुरुष,ललितपुरमा ७५ वर्षीया महिला र भक्तपुरमा ७२ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो। त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

काठमाडौंका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए। त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech