ओली र प्रचण्डलाई झापड हान्न पेरिसडाँडा पुगेकी यी ‘हिम्मतवाली’ महिला को हुन् ?

  |   प्रकाशित :

काठमाडौं । पूर्वमाओवादी हेडर्क्वाटर पेरिसडाँडामा पार्टी एकतापछि पहिलोपटक नेकपा केन्द्रीय सचिवालय बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालयकै ९ जना नेता सहभागी थिए।

बैठक भइरहेकै बेला पूर्वएमाले नेतृ बालिका खड्का पेरिसडाँडा पुगिन्। बालिका प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई यौन दुर्व्यवहारको आरोप लगाएर चर्चामा आएकी पात्र हुन्। विहे गर्ने भनेर शेरधनले पटक पटक आफूमाथि यौन शोषण गरेको दावी बालिकाले गर्दै आएकी छन्। बालिकाले राई आफ्नो श्रीमान् रहेको भनी नाता सम्बन्ध कायम गरेर अंश माग गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा पनि दायर गरिन्।

पार्टीका नेतादेखि राष्ट्रपतिसम्म उजुरी गर्दा पनि सुनुवाई नभएपछि उनी अदालत गएकी थिइन्। अदालत जाँदा उनलाई चौतर्फी दबाब पर्योु। आफ्नैले साथ नदिएपछि प्रमाण पुर्यानउन नसकेको भनेर उनले अदालतबाट पनि मुद्दा फिर्ता लिइन्। कतैबाट पनि न्याय नपाएर निराश थिइन् बालिका। अनि आज पेरिसडाँडा पार्टी कार्यालयमा नेकपाको बैठक बस्यो। शीर्ष नेताहरु आए।

यहीँ मौका हेरेर बालिका पनि त्यहाँ पुगिन्, ठूला नेतालाई झापड हान्ने उद्देश्य सहित। तर कार्यकर्ता र प्रहरीले उनको योजना असफल पारिदियो। बैठक बसिरहेकै बेला पेरिसडाँडाबाट पक्राउ परिन्। कार्यालयमा नेता भेट्नु छ भन्दै जबरजस्ती छिर्न खोजेपछि बालिकालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। बालुवाटार बैठक बस्दा छिर्न पनि सहज थिएन।

तर पेरिसडाँडा पार्टी कार्यालय भएकाले र पहिलो बैठक भएकाले कार्यकर्ताहरु पनि पुगेका थिए। यहीँ मेसोमा बालिका पनि पुगेकी थिइन्। उनले पक्राउ परेपछि प्रहरीसँग वयानमा नेताहरुलाई भेट्ने भनेर झापड हान्न गएको बताएकी छन्। उनलाई प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech