६ महिनापछि आन्तरिक उडान शुरु, नेपाल एयरलाइन्सले भरे पहिलो उडान 

  |   प्रकाशित :

काठमाडौं। देशको आन्तरिक उडान आजबाट शुरु भएको छ ।

कोरोना भाइरसका कारण ६ महिना रोकिएको आन्तरिक उडान आजबाट शुरु भएको हो । नेपाल एयरलाइन्सले पहिलो उडान भरेको छ । पहिलो दिन नै आन्तरिक हवाई यात्राका लागि बुकिङ उत्साहजनक रहेको बताइएको छ । 

नेपाल एयरलाइन्सका अलावा निजी हवाई सेवाका यती एयरलाइन्सलगायतले उडान शुरु गरेका छन् । उडान भर्न र यात्रा गर्न स्वास्थ्य मापदण्ड अनिवार्य अपनाउनुपर्ने व्यवस्था गरिएको छ । 

स्वास्थ्य शतर्कता अपनाएर शुरु गरिएको उडानमा यात्रु उत्साही भएका छन् । कोभिड १९ को जोखिमलाई दृष्टिगत गरी उडान बन्द गरिएकोमा सरकारले आजबाट शुरु गर्ने निर्णय गरेको थियो ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech