डा. केसीको मागहरु सम्बोधनका लागि गम्भीर हुन कम्युनिष्ट सरकारलाई काँग्रेसले दियो यस्तो चेतावनी, तनावमा ओली !

  |   प्रकाशित :

काठमाडौं । डा. गोविन्द केसीको जायज मागहरुलाई सरकारले सम्बोधन नगरेको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।  

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवं परिवर्तनका लागि पटक–पटक अनसन बस्दै आएका डा केसी हाल एक साता देखि कर्णाली प्रदेशको जुम्ला जिल्लामा विगतका माग राखी पुनः अनसनमा बसेका छन् । 

केसीको जायज मागहरुलाई सरकारले सम्बोधन नगरेकोमा प्रमुख सचेतक बालकृष्ण खाणले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । जारी विज्ञप्तिमा अनसनका कारण केसीको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु अत्यन्त दुःखद  विषय भएको जनाएको छ । 

विज्ञप्तिमा ‘सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गर्नु भएको सत्याग्रह प्रति ऐक्यबद्धता जनाउँदै तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको स्वास्थ्य सम्बन्धित अध्यादेशलाई समेत कार्यान्वयन गर्नका साथै डा. केसीले उठान गर्नु भएको विषयलाई गम्भीरतापूर्वक लिन र विगतमा भएका सम्झौताहरु पालना गरी उहाँको जीवन रक्षाको लागि सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै अनसनरत डा. केसीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ भनिएको छ । 

Image may contain: text

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech