‘अब पनि राजनीतिक दलले जनतालाई झुलाईरहनु हुँदैन’

  |   प्रकाशित :

काठमाडौँ । राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालले राजनीतिक दलले जनतालाई झुलाईरहन नहुने बताएका छन् । 

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएले संविधान दिवसको अवसर पारेर आयोजना गरेको ‘संविधान कार्यान्वयनका पाँच बर्षः सफलता तथा चुनौतीहरु विषयक भर्चुअल कार्यक्रममा उनले अब पनि राजनीतिक दलले जनतालाई झुलाईरहन नहुने बताएका हुन् । 

साथै उनले प्रदेश संरचना तत्काल खारेज गर्न सुझाव दिएका छन् । प्रदेश सरकार र त्यसका संरचनाहरू अनावश्यक बोझको रुपमा रहेको देखिएकाले दलहरुले खारेज गर्न सक्नु पर्ने सुझाव दिएका हुन् । प्रदेश संरचना बारे राजनीतिक दृष्टिकोण स्पष्ट नभएको र केही व्यक्ति तथा राजनीतिज्ञले लाभ लिएपनि आम नागरिकलाई केही नभएको उनको टिप्पणी थियो ।

संघीय संविधानको कार्यान्वयनमा तीन तहको भूमिका विषयमा संविधान अनुसार सबै तह तथा संवैधानिक संस्थाहरु औपचारिक रुपमा उपलब्ध भएपनि स्थानीय, प्रदेश र केन्द्रका बीच समन्वयको अभाव रहेको प्रा. खनालको ठहर छ । कार्यक्रममा बरिष्ठ अधिबक्ता सुर्य ढुंगेलले संविधान कार्यान्वयनमा विपक्षी दलको भूमिका पनि धेरै हुने भएकाले विपक्षी दल सधै जनताप्रति संवेदनशील र उत्तरदायी हुनुपर्नेमा जोड दिएका थिए।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech