आाज पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित, भोली बालुवाटारमा बस्ने 

  |   प्रकाशित :

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको बैठक स्थगित भएको छ ।

सत्तारुढ नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको हो । गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको जनाएको छ । बैठक भोलि १२ः३० बजे बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । 

उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज ६ गते १२ः३० बजे बालुवाटारमा बस्ने भएको छ ।’ यसअघि आइतबार बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । 

हिजो सरकार हेरफेरमा सहमति भएको सचिवालय बैठकमा आज को को मन्त्री भन्ने विषयमा छलफल हुने तय भएको थियो । सचिवालयका सदस्यहरुले राम्रा काम गर्नेहरुलाई निरन्तरता दिदै विवादित मन्त्रीहरुलाई बिदाइ गर्न सुझाएका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech