इमरान खान विरुद्ध विपक्षीहरु एकजुट, तत्काल राजीनामा दिनुपर्ने माग

  |   प्रकाशित :

काठमाडौँ । पाकिस्तानमा प्रधानमन्त्री इमरान खान विरुद्ध विपक्षी दलहरुले आन्दोलन गर्ने तयारी गरेका छन् । 

विपक्षी दलहरु एकजुट भइ प्रधानमन्त्री खान विरुद्ध आन्दोलन गर्ने तयारीसहित विपक्षी गठबन्धन पनि बनाएको घोषणा गरेका छन् । साथै उनीहरुले खानले तत्काल राजीनामा दिनुपर्ने माग समेत गरेका छन् ।

विपक्षी दलहरुको सर्वदलीय सम्मेलनमार्फत् आइतबार २६ बुँदे संयुक्त सम्झौता पत्र पनि सार्वजनिक गरेका छन् । सर्वदलीय सम्मेलनमा पाकिस्तान पिपल्स पार्टी, पाकिस्तान मुस्लीम लिग नवाज, जमैत उलेमा ए इस्लाम पजललगायतका पार्टीहरु सहभागी भएका थिए ।

गठबन्धनमा आबद्ध दलहरुले संयुक्त बैठकपछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौतापत्र सार्वजनिक गर्दै आन्दोलनको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा जेयुएल एफका प्रमुख मौलाना फजल उर रहमानले सम्झौतापत्र बाचन गर्दै आन्दोलन र गठबन्धनका बारेमा जानकारी दिएको थियो ।

गठबन्धनको नाम पाकिस्तान लोकतान्त्रीक आन्दोलन राखिएको छ । उनीहरुले देशव्यापी आन्दोलन तथा प्रदर्शनहरु गर्ने तय गरेका छन् । आन्दोलन अक्टोबरदेखि हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री खानले गलत कुरालाई स्थापित गर्न खोजेको, निर्वाचनमा प्रभावमा शक्तिको दुरुपयोग गरेको लगायतका आरोपहरु उनीहरुले लगाएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech