जम्मूका वातावरणविद्ले प्लास्टिकको बोतलहरू प्रयोग गरेर बगैंचा निर्माण

  |   प्रकाशित :

जम्मु । वातावरण प्रदुषणलाई कम गर्नका लागि फोहोर व्यवस्थापन गर्दै जम्मु काश्‍मीरमा सुन्दर बगैंचाहरु निर्माण गरिएका छन् । जम्मु काश्‍मीरका पर्यावरणविद् डा. नाजिया रसूल लतीफीले प्लास्टिकको बोतलहरूको प्रयोग गरेर जम्मूमा ठाडो बगैंचा बनाउन सुरु गरेकी हुन् ।

“ठाडो बगैंचाले वातावरणीय प्रदूषण मात्र कम गर्दैन तर प्रकृतिलाई धेरै तरिकामा फाइदा पनि पुर्‍याउँछ । यस विधिले पानीको संरक्षण गर्न सहयोग पुर्‍याउँछ किनकि पानीको न्यूनतम अपव्यय सुनिश्चित गर्न बिरूवाहरू ठाडो रूपमा व्यवस्थित गरिएको छ,” लतीफीले एएनआईलाई बताइन् ।

उनले बगैंचाले तनावको स्तर कम गर्दछ र स्थानीय सुन्दरतामा थप मजबुत दिलाउने विश्‍वास गरेकी छन् । 

“मैले एउटा सेमिनारमा भाग लिएको थिएँ, त्यहाँबाट नै मैले सिकेको हुँ । म प्रकृति मन पराउँछु र केहि गर्नको लागी सुरुवात आवश्यक छ । त्यही सुरुवात मैले गरेको हुँ । मैले गान्धी नगरको महिला कलेजमा ठाडो बगैचा बनाएको थिएँ, जहाँ म पढाउँदै थिएँ । मैले पुलिस पब्लिक स्कूल, जम्मू विश्वविद्यालयमा पनि एक ठाडो बगैँचा पनि बनाएको छु , त्यसपछि धेरै संस्थाहरुले मलाई बोलाउन थालेका छन्," उनले भनिन् ।

“ड्रिप इरिग्रेसन प्रक्रियामा पनि यस्तो बगैंचाले काम गर्दछ । कोभिड-१९ महामारीका कारण उत्पन्‍न तनावलाई कम गर्न र स्वस्थ्यका लागि पनि वातावरण सुन्दर हुनुपर्छ । मलाई लाग्छ ठाडो बगैंचा एक राम्रो अवधारणा हो । म विद्यार्थीहरूलाई पनि अवधारणा प्रदर्शन गर्दछु ताकि उनीहरूले यो अवधारणा सिक्न सकून् र यो उनीहरूका लागि आयको स्रोत पनि हुन सक्छ, ”उनले थपिन् ।

अवधारणालाई थप आकर्षक बनाउनको लागि, प्लास्टिकको बोतलहरू कार्टुन फिगर र अन्य चित्रका साथ चित्रित गर्न सकिने पनि उनले बताइन् ।

अन्य प्रोफेसरहरूले पनि उनको यव अवधारणाको सराहना गर्दै बागवानीको यस विधिले संसाधन संरक्षण, फोहोर व्यवस्थापन, र विद्यार्थीहरूमा पर्यावरण-अनुकूल दृष्टिकोणलाई प्रोत्साहित गर्ने बताएका छन् ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech