अफगानिस्तान प्रहरीकाे जवाफी कारबाहीमा २५ आतंककारीको मृत्यु

  |   प्रकाशित :

काठमाडौं । अफगानिस्तान प्रहरी कारबाहीमा २५ जना आतंककारीको मृत्यु भएको छ । 

अफगानिस्तानको पूर्वी लोगार प्रान्तमा प्रहरी कारबाहीमा परि पछिल्लो २४ घण्टामा २५ जना आतंककारीको मृत्यु भएको प्रहरी स्रोतेले जनाएको छ । 

साथै, प्रहरीसँगको भिडन्तमा अरु १८ जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता शापूर अहमदजाईले हतियारधारी समूहले बाराकी बाराक जिल्लाको प्रहरी जाँच चौकीमा आक्रमण गरेपछि प्रहरीले जवाफी कारबाही गरेको बताए ।

प्रहरीले विद्रोहीबाट हातहतियार पनि बरामद गरेको थियो । अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त घटनाका बारेमा केही प्रतिक्रिया दिएको छैन ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech