Logo

शनिवार, मंसिर १३ गते २०७७

भूराजनीतिक तनावकका कारण रुसले पूर्वी क्षेत्रमा सैन्य उपस्थिति बढाउने

नेपालपाना आश्विन ८ २०७७
  • 2
    SHARES
  • भूराजनीतिक तनावकका कारण रुसले पूर्वी क्षेत्रमा सैन्य उपस्थिति बढाउने

    मस्को । रूसी रक्षामन्त्री सेर्गेई शोइगुले पूर्वी क्षेत्रमा बढ्दो भूराजनीतिक तनावको कारण सैन्य उपस्थिति अझै सुदृढ पार्ने बताएका छन ।

    मिडिया रिपोर्टका अनुसार एशिया-प्रशान्त क्षेत्रमा तनावका कारण सैन्य पूर्वाधार कमजोर भएको र थप सुदृढ पार्न सन्य उपस्थिति बढाउने बताएका हुन् ।

    रुसी रक्षामन्त्रालयले युद्ध प्रशिक्षण योजनाका अनुसार पूर्वी सैनिक क्याम्पमा प्रतिरक्षा र वायुसेना इकाइहरूले प्रमोरि र खबारोस्क क्राईको हवाई क्षेत्रहरूमा दुईतर्फी रणनीतिक अभ्यास गरेको जनाएको छ । एयर डिफेन्स इकाईहरू, लड़ाकू, आक्रमण र बमवर्षक विमानहरू अभ्यासमा संलग्‍न भएको जनाइएको छ ।

    अमेरिका र रुसबीचको वैदेशिक निर्वाचनमा कथित हस्तक्षेप, क्राइमिया, बेलारुसको राजनीतिक संकट जस्ता धेरै मुद्दाहरूलाई लिएर बढेको तनावको बीचमा रुसले सैन्य उपस्थिति बढाउने जनाएको हो । रूसले एस-४०० सर्फेस-टु-एयर मिसाइल प्रणाली निलम्बन गर्ने घोषणा गरेपछि रूस र चीनबीचको सम्बन्ध तनावग्रस्त भएको हो ।

    एस-४०० वायु रक्षा मिसाइल प्रणाली रुसमा आफ्नो प्रकारको सबभन्दा उन्‍नत प्रणाली मानिन्छ । जसले ४०० किलोमिटरको दूरीमा र ३० किलोमिटरको उचाइका लक्ष्यहरू नष्ट गर्न सक्षम छ ।

    चीनले एस-४०० मिसाइलहरू निलम्बन गर्नुमा बेइजिङले जासुसी गरेको आरोप लगाएको थियो । यद्यपि दुई देशहरूले वर्षौंको अवधिमा राम्रो सम्बन्ध रहँदै आएको थियो । यसका साथै रुस र चीनबीचको सम्बन्धमा आएको तनावले विश्‍वले ध्यान तानिएको छ ।


    आश्विन ८, २०७७ बिहिवार १०:३२:१२ बजे : प्रकाशित


    नेपालपाना

    The Social Business Platform.

    सम्बन्धितसमाचार

    ताजा अपडेट

    Copyright © All right reserved to Nepalpana