अभिनेत्री पुनम पान्डेको वैवाहिक जिन्दगी दुखमा फस्यो, विवाहको १३ दिनमा पाण्डेले लगाइन् पतिमाथि यस्तो आरोप, पति गिरफ्तार

  |   प्रकाशित :

काठमाडौं । मोडल तथा अभिनेत्री पुनम पान्डेले नै आफ्नो पति सैम बाम्बेलाई गिरफ्तार गर्न लगाएकी छन् । 

पुनम पान्डेले गएको १० सेप्टेम्बरमा सैम बाम्बेसँग गुपचुप विवाह गरेकी थिइन् ।  विवाह भएको १३ दिन हिजो पुनम पान्डेको वैवाहिक जिन्दगी दुखमा फसेको छ । पुनम पान्डेको पतिलाई गोवामा प्रहरीले गिरफ्तार गरेको छ । पुनमले आफ्नो पतिको विरुद्ध प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । 

सैम बाम्बेको खिलाफ शारीरिक उत्पीडन, धम्की दिने र कुटपिट गरेको आरोप लागेको छ । प्रहरीलाई दिएको उजुरीका अनुसार दक्षिण गोवाको कानाकोना गाउँमा पुनम पान्डे कुनै फिल्मको सुर्टिङ गरिरहेकी थिइन् । उक्त समयमा घटना भएको थियो ।

भारतिय समाचार अनुसार कानाकोनाका प्रहरीको अनुसार पुनमलाई सैमले सोमबारको रातमा कुटपिट तथा धम्की दिएका थिए । पतिले कुटपिट गर्नुको साथै पुनमले आफुमाथि विभिन्न लान्छना लगाएको पनि बताएकी छिन् । पुनमले उजुरी दिएपछि प्रहरीले तुरुन्त सैमलाई गिरफ्तार गरेको छ । सैमको मेडिकल जाँच गरेपछि अदालतमा पेस गरिनेछ ।

पछिल्लो हप्तामा पुनम आफ्नो पतिको साथमा हनिमुन मनाउन गएकी थिइन् । हनिमुनको क्रममा पति सैम बाम्बेको साथमा पुनम सामान्य अवतारमा देखिएकी थिइन् । उनको सिउँदोमा सिन्दुर थियो, हातमा चुरा र गलामा मंगलशुत्र लगाएकी थिइन् । दुवैजना हनिमुन मनाउन गोवा पुगेका थिए ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech