काेराेना अपडेटः थप १,४९७ सङ्क्रमित थपिए, कुल सङ्क्रमितको संख्या ६९ हजार नाघ्याे

  |   प्रकाशित :

काठमाडौं । देशमा थप एक हजार ४९७ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक हजार ४९७ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा जानकारी दिएको छ । 

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा थपिएका नयाँ सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । कुल ५० हजार ४११  जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेको छ ।

© Copyright Nepalpana.com 2020. All rights reserved.
Design & Developed By : Journey For Tech